सर्लाही : ईश्वरपुर नगरपालिकामा एक बालको डुबेर मृत्यु भएको छ।

वडा नं ७  धनपट्टीडाँडा निवासी गणेश साह सोनाका अशक्त १० वर्षीय छोरा बजरंगको आज (मंगलबार) बिहान करिब सवा ६ बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरभन्दा केही पर रहेको पोखरीमा उनको डुबेर मृत्यु भएको हो। उनका बुवा गणेशका अनुसार बल खेल्न बिहान ६ बजेतिर बबरगंज घरबाट बल बोकेर हिँडेका थिए।

करिब २ घण्टा भइसक्दा पनि बालक घर नफर्किएपछि खोजी कार्य भएको थियो।

खोजी कार्य गर्दा पोखरीमा बल तैरिएको देखिपछि नाबालक डुबेको हुन सक्ने आशंका गरिएको थियो। पोखरीभित्र खोज्दा बालक भेटिएर बाहिर निकाल्दा मृत्यु भइसकेको परिवारजनल‍े जानकारी दिएको छ।

यद्यपि इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले घटनास्थललाई सिल गरी छानबिन गरिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here