सर्लाही : हरिवनमा ढुंगाजस्तो देखिने पदार्थ, एउटा सानो ग्यास भरेकोजस्तो देखिने सिलिण्डर र कपडा प्रहरीले बरामद गरेको छ।

हरिवनमा रहेको सशस्त्र प्रहरी बल बेस क्याम्पको टोलीले सोमबार साँझ मलंगवाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक रात्रिबसबाट यो अनौठो खालको सामान बरामद गरेको हो।

सदरमुकाम मलंगवाबाट काठमाडौँ जाँदै गरेको ना५ख २७७० नम्बरको बसलाई चेकजाँक गर्ने क्रममा सामान बरामद भएको हो।

दूध बोक्ने ५ लिटरको क्यानजस्तो एउटा भाँडो, दुई वटा बोरामा अनौठो खालको ढुंगाका साथै गञ्जी, महिलाले लगाउने कुर्ता सरुवाल, टपलगायत कपडा १६ बोरा, ७ बोरा चपरा (काठमा लगाउने एक प्रकारको पोलिस) र २० बोरा चिनीसमेत बरामद भएको स्रोतले जनाएको छ।

कपडा तस्करी भइरहेको सुराकीका आधारमा सशस्त्र प्रहरीको टोलीले हरिपुर नगरपालिकाअन्तर्गत नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत जुटपानीमा चेकजाँच गर्दा उक्त रात्रिबसबाट अनौठो लाग्ने विभिन्न धातुजन्य सामग्रीसमेत बरामद गरेको हो।

बरामद गरिएको नौलो सामान अत्यन्त शंकास्पद देखिएकाले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि बुझाइने र अन्य बरामद गरिएका कपडालगायत अन्य सामग्रीलाई पनि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

सामान नियन्त्रणमा लिए पनि प्रहरीले उक्त रात्रिबसमा यात्रु भएकाले हाललाई छाडिएको र आवश्यक अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिन सकिने सशस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here