सर्लाही : पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ। बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ।

मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरिएको छ।

कोरोना महामारी संक्रमणका बेला महिलालाई ललाईफकाई भारतमा बेच्न लैजान सक्ने भएकाले सीमा नाकामा प्रहरी र गैरसरकारी संस्थाहरुले उच्च सतर्कता बढाएका हुन्। भारत जाने महिलाका घर परिवारबाट यकिन जानकारी आएपछि मात्रै उनीहरुलाई जान दिने गरिएको थ्री एन्जल्स नेपालका संयोजक बेलुदेबी नेपालीले बताइन्।

नेपालबाट रोजगारीउपचारभेटघाटका लागि भारतको विभिन्न ठाउँमा दैनिक महिलाहरु आउने जाने गर्दै आएका छन्‚’ उनले भनिन्‚ त्यसमध्ये शंकास्पद व्यवहार भएकालाई उनीहरुका अभिभावकसित सोधपुछ गरेर मात्रै जान दिने गरेका छौं।

उनका अनुसार कोरोना महामारी संक्रमणमा पनि दैनिक रुपमा ५० जनाभन्दा बढी महिला दैनिक भारत जाने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीसँगको सहकार्यमा महिलालाई सोधपुछ गरी परामर्श दिने गरिएको नेपालीले बताइन्।

सबैको खोज तलासी गरी अभिभावकबाट सोधपुछ गरेपछि मात्रै नाका कटाउने गरिएको छ‚’ उनले भनिन्, नत्र भारतमा बेचिने धेरै सम्भावना हुन्छ।

मानव बेचबिखनमा संलग्न गिरोहले महिलाहरुलाई विवाहजागिरघुमघामको प्रलोभनमा भारत लगेर बेच्ने गरेका छन्। सीमा नाकामा कडाइ भएपछि उनीहरुले अवैध बाटो भएर महिलाहरुलाई भारत पुर्‍याउने गरेका छन्।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङले सीमा अपराध नियन्त्रणमा स्थानीय प्रशासनजनप्रतिनिधिगैरसरकारी संस्था सबैसित सहकार्य गरी अघि बढेको बताए।

सीमा नाकामा माइती नेपाल लगायतका अन्य गैरसरकारी संस्था पनि कार्यरत छन्। माइती नेपाली गड्डाचौकीमा सबैभन्दा पुरानो संस्था हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here