लक्ष्मी गुरुङ,सर्लाही : सर्लाहीको कबिलासी गाउँपालिकामा लालबन्दी साझेदारी वन समिति गठन भएको बिरुद्ध आज(मंगलबार) लालबन्दी नगरका युवाहरुले जिल्ला वन कार्यालय घेराउ गरि ज्ञापन पत्र बुझाएका छन्।

अध्यारो कोठामा झ्याल ढोका बन्द गरेर केहि सिमित व्यक्तिलाई मात्र राखी वनसङ्ग तालुक राख्ने व्यक्ति तथा स्थानीयलाई जानकारी नगराइ कबिलासी गाउँपालिकामा अघोषित भेलाबाट समिति गठन गरिएकोले युवाहरु आक्रोशित भएको स्ववियु सभापति शिवहरी गौतमले जानकारी गराए।

लालबन्दी साझेदारी वनको संरक्षण,सम्बर्द्धन र सदुपयोगका लागि कार्यश्रेत्र भित्रका सम्पुर्ण उपभोक्ता लगाएत पालिकाहरुको महत्वपुर्ण भुमिका रहेको र वन संरक्षणका सन्दर्भमा बर्षेनी हुने वन डढेलो,भेल बाढि ,वन्यजन्तु प्रकोप जस्ता अफ्ट्यारा परिस्थिति भोग्दै र बेहोर्दै आइरहेको पत्र मार्फत स्मरण गराईएको छ।

साथै नवगठित अवैधानिक व्यवस्थापन समिति खारेजी तथा जङ्गल श्रेत्रमा रहेका किसानहरुको वालिनाली संरक्षणका माग सहित डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवलाई ज्ञापन पत्र बुझाइएको हो।

हात्तीबाट पिडित हुने हामी,जंगली जनावरबाट बालि नोक्सानी हुने हाम्रो तर यहाँको स्थानीयवासीलाई थाहा नदिइ समिति गठन गर्नु आपत्तिजनक भएको हुँदा खारेजीको माग गरिएको लालबन्दी नगरपालिका वडा नं ६ का वडाध्यक्ष्य समेत रहनु भएका लालबन्दी नगरका सक्रिय युवा उज्ज्वल कुमार कार्कीले जानकारी दिए।

केहिदिन अघि सर्लाहीको कविलासी नगरपालिका-७ स्थित गैर माविमा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको मुल समिति बैठक भेलाले यादबलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको आयोजकले जनाएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here