सर्लाही : पूर्वमन्त्री रामचन्द्र झाले नेपाल रेल्वे कम्पनीको जनकपुरमा रहेको कार्यालयमा गएर कर्मचारी कुटेका छन्। उनले कार्यालयमा अनियमितता भएको भन्दै समूह लिएर कार्यालयमा गएर कर्मचारी कुटेका हुन्।

उनले कसरी रेल्वे चलाउँदो रहेछौँ हेर्छु भन्दै कार्यालयमा काम गरिरहेका कर्मचारीलाई धम्क्याउदै कुटेको कार्यालयका एक कर्मचारीले जानकारी गराए।

झाले गरेको दुर्व्यवहार उल्लेख गर्दै जनकपुरमा कार्यरत १२ जना कर्मचारीले केन्द्रमा उजुरी समेत गरेका छन्। उजुरीमा कार्यालयमा आएर अपशब्द प्रयोग गर्दै कर्मचारीलाई कुटपिट गरेको उल्लेख छ। उनीहरूले झामाथि कारबाहीको माग समेत गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here