सर्लाही : जिल्लाको बागमती नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक महिलाको प्रहरीले उद्धार गरेको छ।

सोमबार दिउँसो करिब २ बजेको समयमा बागमती नगरपालिका वडा न-१२ स्थित बागमती नदीमा रौतहट वृन्दाबन नगरपालिका वडा न-२ बस्ने रामबाबु पटेलकी श्रीमती धनपतीया देवी मर्ने उदेश्यले हाम फालेकी थिइन् ।

नदिमा हामफालेको देखेका स्थानीयले प्रहरीलाई खबर गर्नासाथ प्रहरीको टोलि घटनास्थल पुगेर महिलालाई जीवितै उद्घार गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here