सर्लाही : धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन्।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वार्टर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन्।

कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक पानी जमेको स्थानमा उनको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here