सर्लाही :- कोरोना भाइरसबाट संक्रमित भएका महिलाले बच्चालाई दुध खुवाउने/नखुवाउने या खोप लगाएपछि बच्चालाई दुध खुवाउन हुने/नहुनेबारेबारे धेरैको चासो छ।

विश्व स्वास्थ्य संगठनको अनुसार यस्ता महिलाहरूले ब्रेस्टफिड गर्न सक्छन्। तर, केही सावधानी भने अपनाउनुपर्ने हुन्छ।

आफू वरपर रहेका सर सामानलाई डिसइन्फेक्ट गर्ने, बच्चालाई काखमा लिनु पहिला साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउनुपर्ने हुन्छ।

यदि शरीरमा संक्रमण धेरै भएमा बच्चाको लागि एक्सप्रेस मिल्कको पनि प्रयोग गर्न सकिन्छ ।  रह्यो कुरा भर्खरै बच्चालाई जन्म दिएका आमाले कोरोनाविरुद्धको खोप लगाउनेबारे।

मुम्बइको जसलोक हस्पिटल एण्ड रिसर्च इन्स्टिच्युटका लेक्टेसियन कन्सल्टेन्ट डा.मानसी शाहका अनुसार गर्भवती र भर्खर बच्चा जन्माएका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन सक्छन् । यसको लागि केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ।

खोप लगाउनुअघि गर्भवतीले ध्यान दिनुपर्ने विषय

१) बच्चालाई दूध खुवाउन नछोड्नुहोस् : कोरोना भाइरस विरुद्धको खोप लगाएपछि पनि बच्चालाई दुध खुवाउन छोड्नु हुँदैन।

किनभने खोप लगाएपछि शरीरमा एन्टिबडी बन्न सुरु हुन्छ। यो ब्रेस्टफिडिङ गर्ने क्रममा बच्चामा पनि जान सक्छ र बच्चाको पनि रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

२) प्रशस्त पानी पिउनुहोस् : खोप लगाइसकेपछि शरीरमा पानीको कमी हुन दिनु हूँदैन । शरीरमा पानीको पर्याप्त मात्राले आमालाई बिमारी हुन र खोपको सम्भावित साइड इफेक्टबाट बचाउँछ।

३) डाइटमा ध्यान दिने : खोपको साइट इफेक्टबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ।

त्यसको लागि खानपानमा हरियो सागपात, बेसार, लसुनजस्ता खाने कुरामा जोड दिनुपर्छ । योबाहेक भिटामिन सीयुक्त मौसमी फल खानुपर्छ ।

४) पर्याप्त निन्द्रा : विज्ञका अनुसार महिलाहरूले आफ्नो निन्द्रा पुरा गरेमा ब्रेस्टफिडिङ गरेपछि उनीहरूलाई थकान महशुस हुँदैन।

खोप लगाएपछि शरीरमा इम्युनिटी रेस्पोन्स तेज हुनका लागि पनि पर्याप्त निन्द्रा आश्यक हुन्छ। त्यसकारण अनिवार्य ८ घण्टा निन्द्रा पुरा गर्नुपर्दछ।

५) शारीरिक कसरत : आफ्नो दैनिकीमा हल्का शारीरिक कसरत या वाकलाई पनि जोड्न्होस् । यसले ब्लड सर्कुलेसनमा मद्दत गर्छ भने खोपको साइड इफेक्टको खतरा पनि कम गर्छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here