सर्लाही : राष्ट्रिय शक्ति नेपाल जिल्ला शाखा सर्लाहीले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू हुन नहुने भन्दै लालबन्दीमा हिजो (बिहीबार) दिउँसो जुलुस निकालेको छ।

एमसिसिविरुद्ध नाराहरु लेखिएका प्लेकार्डसहित जिल्ला शाखाका पदाधिकारीलगायत महिला समितिका सदस्य तथा प्रतिनिधिहरु सम्मलित जुलुस लालबन्दी बजार परिक्रमा गर्दै डुमडुमे मन्दिर परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो। जुलुसमा सहभागी वक्ताहरुले एमसिसी बारेमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु अन्जु कुमारी थपलिया, शंकर चौरसियालगायत स्थानीयको उपस्थिति रहेको केन्द्रीय अभियन्ता रोहित प्रसाद पौडेलले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here