सर्लाही : जितपुरसिमरा उपमहानगरपालिका-२२ की ११ वर्षीया बालिका हराएको ४ दिनपछि फेला परेकी छन्।

सिमरास्थित आफ्नै घरबाट हराएकी बालिका सुनिता सुनार ४ दिनपछि शुक्रबार चितवनको भण्डारामा फेला परेकी हुन्। साउन १९ गते मंगलबार घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै सुनारलाई लिएर गएकी थिइन्।

सोही दिनदेखि बेपत्ता बालिकालाई उनै महिलाको साथबाट शुक्रबार फेला पारिएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी मनोजित कुँवरले जानकारी दिए।

चितवन प्रहरीको समन्वयमा सिमरा प्रहरीले बालिकासहित ती महिलालाई पक्राउ गरी सिमरा लैजाँदै छ। ती महिलाले के उद्देश्यले बालिकालाई बेपत्ता पारेको हो भन्ने विषयमा अनुसन्धान हुने उनी बताउँछन्।

​प्रहरीले यसअघि नै ती महिलालाई विवाह गर्ने भन्दै बालिकाको घर लगेका मामाको छोरा पर्ने गणेश विकलाई पक्राउ गरिसकेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here