सर्लाही : कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा-१२ को परीक्षाको विषयमा पुन: विचार गरेर निर्णय लिन निर्देशन दिएकाे छ। पछिल्लो समय कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दै गएपछि परीक्षाको विषयमा सिसिएमसीले यस्तो भनेको हो।

कोरोनाले रोकिएको कक्षा-१२ को परीक्षा यही साउन ३१ गते भौतिक उपस्थितिमै सञ्चालन गर्नेगरी बाेर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियाे। परीक्षाको लागि बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको थियो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने,‘हामीले परीक्षा सञ्चालनकाे माग गरेपनि सिसिएमसीले पुन: विचार गरेर मात्र परीक्षाको निर्णय लिनु भनेर हामीलाई पत्र पठाएको छ,त्यसैले परीक्षाको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन।’

यही परीक्षाको विषमा शनिबार(भोलि) बोर्ड बैठक राख्ने र त्यसपछि परीक्षाको विषयमा निर्णय लिने उनले बताए। परीक्षा रोक्न विभिन्न सरोकारवालाहरूले पनि माग भने गरिरहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here