सर्लाही : लालबन्दी नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा खेलाडी बोकेको गाडी दुर्घटना भएको छ।

लालबन्दी नगरपालिकाको बस्तीपुरबाट लालबन्दी-१६
परवानीपुर जाँदै गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको डिआई गाडी दुर्घटना हुँदा त्यसमा सवार २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार गाडीमा सवार सबै घाइते भएका छन्। गाडीमा कति जना थिए भन्ने यकिन जानकारी नआइसकेको र भर्खरै मात्र घटनास्थलमा प्रहरी पुगेको छ। दुर्घटनामा १ जनाको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

यद्यपि दुर्घटनाबारे खासै जानकारी नआएको मृतक संख्याबारे पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ।
निश्चल युवा क्लब लालबन्दी-१६ तिनघरेले जिल्ला स्तरीय फुटबल आयोजना गरिरहेको छ। उक्त खेल खेल्न जाने क्रममा गाडी दुर्घटना परेको हो।

दुर्घटना पश्चात् सवारी चालक फरार भएको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here