सर्लाही : बोलबमका तिर्थालु चढेको बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।अन्य पाँच जना घाईते भएका छन्।

सोमवार (आज) बिहानै करिब ४ बजे बोलबमका तिर्थालु चढेको बलेरो पिकअप गाडी चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दुर्घटना भएको हो।

गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये बारा गढिमाई नगरपालिका वस्ने अन्दाजी ४५ बर्षिय मिना देवी कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर एक जना महिला बेपत्ता भएकि छिन। बेपत्ता महिलाको खोजी भइहेको र कसैले देखेमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

बारा जिल्लाबाट बोलबम आएर बागमती नदिबाट जल लिएर फर्कने क्रममा ना. ५ च. ३१६६ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई नहरबाट करिब ५० मिटर तल खसेको छ।

दुर्घटनामा परि नहरमा खसेका १८ जनालाई प्रहरी र स्थानीयको सहयोगमा नहरबाट उद्धार गरि बाहिर निकालिएको थियो।

उद्घार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि लिलाराज लामीछानेले बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here