सर्लाही : गौरीगञ्जमा गुप्ताङ्गमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा दुई झापाली महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा दमक १ बस्ने ३४ वर्षिया मञ्जु धिमाल र २५ वर्षिया बिमला धिमाल रहेका छन्।शनिबार साँझ ७ बजे गौरीगञ्ज–४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो।

उनीहरुले संवेदनशील अंगमा लागूऔषध लुकाएको हुनसक्ने शंकाको आधारमा खजुरगाछी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ताङ्गमा लुकाएको ४४.३०० ग्राम ब्राउनसुगर बरामद भएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here