सर्लाही : मादक पदार्थ सेवन गरी बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा. राज शर्मालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।

उनी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा काम गर्छन्।

५३ वर्षीय पुरूषले आफूमाथि गएराति ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए। उनले राति मापसे गरेर बिरामीको उपचार गर्न जाँदा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।

बिरामी सो सेन्टरमा तीन दिनअघि भर्ना भएका थिए। उनी सोमबार डिस्चार्ज हुँदै थिए। अहिले चिकित्सकमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here