सर्लाही : दाङमा खोलाले बगाउँदा आमाछोरोको मृत्यु भएको छ।

सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनका २ वर्षीय छोरा रुद्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर-१९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले उनीहरूलाई बगाएको दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

त्यस्तै तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर-८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेका हुन्।

चौधरी गएराति पातुखोलामा नुहाउन गएका थिए। नुहाउन गएको ठाउँभन्दा करिब १ सय ५० मिटर दक्षिणतर्फ उनको शव राति नै  फेला परेको थियो। नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

चौधरीको शवलाई पोस्टमार्टम पछि आफन्तले बुझेका प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here