सर्लाही : बाटो फराकिलो बनाउने ईश्वरपुर नगरपालिको कार्यविरुद्ध स्थानीय व्यापारी आन्दोलित भएका छन्।

सोमबार बिहानैदेखि बजारमा चलेका जेसिबी, डोजरलगायतमा स्थानीयले ढुंगामुढा गरेका छन्। अहिले बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। झडपमा ४ जना सामान्य घाइते भएका छन्। बजार क्षेत्रमा जनपथ र सशस्त्र परिचालन गरिएको छ। मेयर आफैं डोजरमा चढी बाटो खाली गराउन लागिपरेका छन्।

नगरपालिकाले केही दिनअघि बजार क्षेत्रको बाटो साँघुरो भएको र मापदण्ड मिचिएको भन्दै फराकिलो र बस्ती क्षेत्र खाली गराउँदै आएको थियो।

धेरै समयदेखि बजार क्षेत्रलाई नै असर पार्ने गरी घर टहरा बनेका भन्दै बाटो फराकिलो बनाउन नगरपालिका लागिपरेको हो। तर यस कार्यको स्थानीय व्यापारीहरूले विरोध जनाएका छन्।

नगरपालिकाले बजार क्षेत्रको बाटो ७२ फिटको बनाउन लागेको छ। जसको कारण आफ्नो पसल तथा घर भत्किने भन्दै व्यापारीहरूले विरोधस्वरुप झडपमा उत्रिएका हुन्।

यसविरुद्ध स्थानीय व्यापारीले अदालतमा मुद्दा दायर गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here