सर्लाही : मकवानपुर प्रहरीले पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित एकजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१० बाट बाप्र०२–०२२ प ३७२९ नम्बरको मोटरसाइकलमा सवार एक जनाको साथबाट पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित समातेको हो।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार पक्राउ परेका इन्द्रसरोवर गाउँपालिक–३ का ३० वर्षीय मनिष ठकुरी हुन्। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here