सर्लाही : अविरल वर्षाका कारण चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी डुबानमा परेको छ।

पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्। चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको हो।

चौकी होचो भइदिँदा बजारभरिको पानी यहाँ आएर जम्ने गरेको त्यहाँका प्रहरीले बताएका छन्। भवन पुरानो भएकाले र उक्त स्थानलाई अग्लो पार्न नसकिँदा पनि चौकीबाट पानी निकास हुन नसकेको हो। चौकीमा हाल पम्पसेट लगाएर पानी निकास गर्ने काम भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here