सर्लाही : बाटो फराकिलो बनाउने ईश्वरपुर नगरपालिको कार्यविरुद्ध स्थानीय व्यापारी आन्दोलित भएका छन्।

सोमबार बिहानैदेखि बजारमा चलेका जेसिबी, डोजरलगायतमा स्थानीयले ढुंगामुढा गरेका छन्। अहिले बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। झडपमा ४ जना सामान्य घाइते भएका छन्। बजार क्षेत्रमा जनपथ सशस्त्र परिचान गरिएको छ। मेयर आफैं डोजरमा चढी बाटो खाली गराउन लागिपरेका छन्।

नगरपालिकाले केही दिनअघि बजार क्षेत्रको बाटो साँघुरो भएको र मापदण्ड मिचिएको भन्दै फराकिलो र बस्ती क्षेत्र खाली गराउँदै आएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here