सर्लाही : गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्‌।

बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका-२, पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रतेलको घरमा समेत क्षती भएको प्रहरीले जनाएको छ। 

यस्तै, बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका-४ का ११ वर्षीय राहुल गन्धर्वको पनि चट्याङ लागेरै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्‌। 

चट्याङ लागेर ४२ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रूपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीया शर्मिला खत्री घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये रामबहादुर रूपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मी अस्पतालमा मृतकहरूको शव पोष्टमार्टम गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here