सर्लाही : उदयपुर जिल्लाको पोखरी क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।

भूकम्पबाट मानवीय क्षति भने नभएको घिमिरेले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here