सर्लाही : रौतहटको माधव नारायण-४ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहका हत्या आरोपी वडाध्यक्ष २ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लालाई गत शुक्रबार रौतहट जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गरेको हो।

गत साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले २ लाख  धरौटी राखेर रिहा भएका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। जिल्ला अदालत रौतहटको ७ नम्बर न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलाले उनलाई छाडेको हो। 

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहको मन्दिर परिसरमै बसेर खाना खाँदै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या भएको थियो।

पुजारीको हत्या आरोपमा ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। जसमध्ये रामनरेश पटेल र बालकुमार पटेललाई सोही समयमा नै प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पुर्पक्षका लागि गौर कारागारमा छन्।

पुजारी हत्यामा संलग्न देवाही गोनाही-१ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने महम्मद काशिम र ममताज देवान अझै फरार रहेका शाहले जानकारी दिए। उनीहरू भारतमा लुकी बसेको प्रहरीको आशंका छ।

वडाध्यक्ष नुरुल्लाहसहित सात जना मिलेर घटना गराएको अनुसन्धानमा खुलेपछि सोहीअनुसार कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको थियो। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here