सर्लाही : डडेल्धुराका व्यापारीमाथि चक्कु प्रहार भएको छ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटेल तथा मदिरा पसल सञ्चालन गदै आएका व्यापारी खेमराज अवस्थीमाथि युवा समूहले चक्कु प्रहार गरेका हुन्।

नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी पसलमा भएका बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाले आक्रमण गरेका पीडितले बताए।

घाइते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ। उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छ भने पसलमा समेत तोडफोड भएको छ। हिजो (बिहीबार) साँझ ५ बजे ‘रक्सी महँगोमा किन बिक्री गर्छस्’ भन्दै ४-५ जना युवाको समूहले उनलाई कुटपिट पनि गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here