काठमाडाैं : काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका सिडियोको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेका छन्।

सार्वजनिक यातायातलगायत एक दर्जनभन्दा बढी सेवामा रोक लगाउने निर्णय बैठकले गरेको छ। बैठकमा सहभागी भक्तपुरका सिडियो प्रेमप्रसाद भट्टराईका अनुसार तीन वटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइनेछ।

यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सिसिएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउन प्रस्ताव गरेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here