सर्लाही : रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

स्मृति अस्पताल प्रा.लि.को एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

माडी गाउँपालिकाका-२ मा आज बिहान ०३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here