फैलँदो कोरोना संक्रमणदर रोक्न लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज एक सूचना जारी गर्दै नगरपालिकाले अर्को सूचना जारी नभएसम्म नगरपालिका क्षेत्रका सबैजसो विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन भनेको छ।

हिजो (आइतबार) बसेको कोभिड नियन्त्रण समित (सिसिएमसी) को निर्णयअनुसार नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयको पठनपाठन भाैतिक उपस्थितिमा रोक्न भनेको छ।

यस सूचनाको बर्खिलाप गई विद्यालय सञ्चालन गरेको पाइए त्यस्ता प्रधानाध्यापक तथा प्रिन्सिपलबाट सम्पूर्ण जोखिमको क्षतिपूर्ति भराइने पनि सूचनामा उल्लेख छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here