सर्लाही : पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्‍यु भएको छ। स्याल मार्न बाबुले चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उनका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो।

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा अकस्मात सँगै रहेका आफ्नै छोरा धनबहादुरलाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कर्णबहादुरलाई बन्दुकसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here