सर्लाही : कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो।

स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका-६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छटबाट खसेर मृत्यु भएको हो। छतबाट खसेर गम्भीर घाइते भएकी जैसीलाई पदमा अस्पताल अत्तरियामा लगिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here