सर्लाही : जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपन देखिएपछि दैनिक बिहान पाँचदेखि सात किलोमिटर दौडसँगै व्यायाम गराउने सुरु गरेको छ। जिल्लामा प्रहरी प्रमुख भएर आएपछि एसपी सुरेश काफ्लेले यो अभियान सुरु गरेका हुन्।

प्रहरीमा मोटोपना धेरै देखिएपछि शारीरिक फिट रहन अभियान सुरु गरिएको हो। विगतका दिनमा व्यक्तिगत रुपमा थोरै शारीरिक व्यायाम गरिएता पनि अहिले अनिवार्य सामूहिक शारीरिक अभ्यास सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। शारीरिक र मानसिक रुपमा स्वस्थ रहन व्यायाम महत्त्वपूर्ण रहने उनले बताए। प्रहरी २४सै घण्टा जनताको सेवामा खटिने भएकाले पनि शारीरिक र मानसिक रुपमा फिट हुन पर्दछ।

‘अहिले हामीले आफ्नो ड्युटीमा रहने बाहेक सबै प्रहरी कर्मचारीहरू दैनिक एक घण्टा दौडिन सुरु गरेका छौँ,’ उनले भने, ‘पहिला व्यक्तिगत रुपमा शारीरिक अभ्यास हुन्थे। प्रहरी फुर्तिलो र चनाखो हुनु पर्ने मान्यता छ। त्यसमा पनि अहिले कोरोना महामारी भइरहेको बेला दैनिक व्यायाम र खानपिनलाई ध्यान दिएमा धेरै फाइदा हुने भएकाले पनि यो अभियान सुरु भएको हो।’

शारीरिक रूपमा चुस्त र फुर्तिलो हुनुपर्ने प्रहरी कर्मचारीमा फिटनेसको कमी हुँदै गएकाले संगठनभित्र चिन्ता बढेको समयमा यो अभियानले सहयोग पुग्ने डिएसपी रिजाल बताउँछन्। जिल्ला सरुवा भएर आएको दोस्रो दिनदेखि एसपी काफ्ले दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरी दौडिन र व्यायाम गर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरीक्षक झविन्द्र परियारले यो शारीरिक व्यायम‚ पिटी नियमित प्रक्रिया भएको बताए। उनले अहिले सामूहिक रुपमा दैनिक करिब ७ किलोमिटर दौड्ने र कार्यालयमा आएर शारीरिक व्यायाम‚ पिटी गर्ने गरेको बताए। पहिला व्यक्तिगत रुपमा गर्दै आएको भएयता पनि  यसरी सामूहिक रुपमा व्यायाम र पिटी गर्दा आनन्द हुने उनको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here