धनुषा प्रहरीले करणी, डकैती र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-८ वस्ने २‍७ वर्षीया शम्भु महरा भनिने (शम्भु रबिदास) रहेको प्रहरीले जनाएको छ।

उनलाई धनुषा जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीमाथि ०७७ असोज २६ गते राति करिब १ बजे धनुषा कमला नगरपालिका-८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ।

जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए।

डकैती र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here