सर्लाही : जनकपुरबाट बलात्कार, डाँका र हातहतियार मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–८ बस्ने २‍७ वर्षीय शम्भु महरा भनिने शम्भु रविदास रहेका प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट शम्भुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिइएको हो।

कमला नगरपालिका(८ मा २०७७ असोज २६ गते राति घरबाट पानी लिन बाहिर निस्किँदा शुम्भु समेतको समूहले पेस्तोल देखाई पालैपालो बलात्कार गरी पीडितले लगाएको गरगहनासमेत लुटेर फरार भएको थियो।

उनको मुद्दा जिल्ला अदालत धनुषामा पेस भई मुद्दा विचाराधीन अवस्था छ। उनलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेस गरिएको डिएसपी बस्नेतले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here