सर्लाही : सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटरसाइकलसहित चार जना पक्राउ परेका छन्।

प्रहरीले सुनसरीको कोशी गाउँपालिका-८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका-१२ का ३५ वर्षीय पोष्टराज खत्री र उदयपुरको बेलका नगरपालिका-१० का २२ वर्षीय रामहरि श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आरोपितले शुक्रबार मध्यान्ह सप्तकोशी नगरपालिकास्थित त्रियुगा सहकारी संस्था अगाडिबाट मोटरसाइकल चोरी गरेका हुन्। उनीहरूको साथबाट प्रदेश १०५-००४ प ०४८४ नम्बरको पल्सर मोटर साइकल, प्रदेश १०२-०४१प ३४१८ नम्बरको बुलेट मोटरसाइकल, बा. ९० प. ३२७४ नम्बरको होण्डा एक्स आर मोटरसाइकल, प्रदेश २०३-०१३ प २०५७ नम्बरको टिभिएस अपाची मोटरसाइकल र स.७ प. ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित भित्री सडकखण्डमा पर्ने भलुवा चौकमा चोरीको मोटरसाइकल प्रदेश १०५-००४ प ०४८४ नम्बरको पल्सर मोटरसाइकल चढेर गइरहेका रामहरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि चोरीका अन्य मोटरसाइकल समेत बरामद भएको हो।

प्रारम्भिक सोधपुध एंवम् अनसुन्धानका क्रममा पक्राउ परेका श्रेष्ठले आफूसमेत चार जनाको मिलेमतोमा मोटरसाइकल चोरी गरेको बयान दिए। अन्य आरोपितको नाम, ठेगाना खुलेपछि बिभिन्न मितिमा चोरी गरिएको मोटरसाईकलहरु बरामद गरी आरोपितहरुलाई पक्राउ गरिएको प्रनाउ काफ्लेले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here