सर्लाही : लालबन्दी जेसीजले शनिवारका दिन लालबन्दीमा पहिलो पटक आधारभूत सेयर तालिम सम्पन्न भएको छ।

लालबन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम कुमार खड्का को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको तालिममा लालबन्दी नगरपालिकाका उप-प्रमुख शान्ती लामा, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्जवल कुमार कार्की, वडा नं. ७ का अध्यक्ष शुरेन्द्र न्यौपाने, लालबन्दी चेम्वर अफ कर्मशका अध्यक्ष सुमन पौडेल, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष सुर्य बहादुर श्रेष्ठ, मातृ शाखा चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी लोकेन्द्र खड्का निवर्तमान अध्यक्ष दिलिप सापकोटा र लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरेको आथित्यतामा सम्पन्न भएको तालिमका प्रमुख प्रशिक्षक नेपाल सेयर बजारका प्रख्यात युवा प्रशिक्षक सन्तोष राज बजगाई रहनुभएको थियो।

नेतृत्वसीपको माध्यमबाट व्यक्तित्व विकास गरि असल र सक्षम युवा उत्पादन गर्दै समाज रुपान्तरण गर्नु नै जेसीजको मुल उद्देश्य हो। व्यक्तित्व विकासको लागि आर्थिक सवलता एउटा महत्वपुर्ण पाटो भएको हुनाले हरेक व्यक्ति सँग रहेको (खल्ती खर्च) न्यून पुजीलाई ठिक ठाउँमा लगानी गरि अधिकतम फाईदा हासिल गर्न सक्ने संयन्त्र, विधि र प्रक्रिया बारेमा सूसुचित हुनु अपरिहार्य छ।

हाल स्थानियस्तरमा सेयर बजारप्रतिको बढ्दो आर्कषण र सँगसँगै रहेको अन्योलतालाई समयमा नै सम्वोधन गर्न सकियो भने सेयर बजार मार्फत युवाहरुको “केही गरौं” भन्ने सपनालाई साकार पार्न सकिन्छ भन्ने कुरालाई ख्याल गर्दै यस १ दिने आधारभूत सेयर तालिमको आयोजना गरिएको थियो।

उक्त १ दिने आधारभूत तालिममा सर्लाही जिल्लाको उत्तरी क्षेत्रका लालबन्दी, ईश्वरपुर, हरिवन र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाबाट गरि ६० जनाको सहभागिता रहेको थियो।

सेयर बजारबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने उदेश्यका साथ सेयर बजारको महत्वपुर्ण पक्षहरु, सेयर बजार, डिम्याट खाता संचालन प्रक्रिया, मेरो सेयर संचालन प्रक्रिया, प्राथमिक बजार र द्धितीय बजार, नेप्से सूचक, आइ.पि.ओ. सर्किट वे्रक, बुक क्लोज, मिच्युल फन्ड, डिबेन्चर, आधारभूत अनुपातहरु, सेयर बजारमा खतरा न्युनिकरण अर्थात शुन्य लगानी आदि बारेमा दोहोरो छलफल भएको थियो।

लालबन्दी नगरपालिकामा रहेको होटल युनाइटेडमा संचालन भएको उक्त आधारभूत सेयर बजार तालिम दिनको ११ बजेबाट प्रारम्भ भई साँझ ६ बजे सम्म संचालन भएको कार्यक्रममा सहभागीहरुले आ-आफ्नो सेयर बजार सम्वन्धी प्रेरणादायि कथा बाचन समेत भएको थियो।

साथै लालबन्दी जेसीज का अध्यक्ष खड्काले अतिथिहरु लाइ माया को चिनो तथा उपस्थित सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरि तालिम सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक जेसी सरोज बाबु न्यौपानेले दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here