सर्लाही : देशका विभिन्न स्थानमा भएका सावरी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। 

धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा गएराती बस र ट्रक आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङ रहेकी छिन्।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गएराति २ बजे आपसमा ठोकिएका थिए। 

यस्तै झापाको बाह्रदशी गाउँपालिका ७ सिमल चोक नजिकै गएराति कारको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की र सोही ठाँउकी ३२ वर्षीया सरस्वती मगरलाई उपचारको लागि वि.एण्ड. सी अस्पताल विर्तामोड पठाइएको थियो। उपचारकै क्रममा सरस्वतीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। 

सुनसरीको इटहरी उपमहानगरपालिका १३ काली मन्दिर चोकमा हिजो साँझ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका ६ की ६० वर्षिया भुल्कीदेवी कामत रहेकी छिन्। ना ४ ख ८३७१ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा हिजो बेलेकी कारको ठक्करबाट पैदलयात्री रामपुकार महतो रहेको मृत्यु भएको छ। बा ६ च ४६१७ नम्बरको कारले पैदलयात्री महतोलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो।

ठक्कर दिने कारका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here