सर्लाही : लालबन्दी नगरपालिका–१६ तीनघरेकी सुशीला बस्‍नेत भण्डारीले ईश्वरपुर नगरपालिका–३ को एक विद्यालयका छात्रछात्रलाई पोसाक वितरण गरेकी छन्।

आफ्नी दिवंगत आमा मीरा बस्‍नेतको १८ औं पूण्यतिथिमा उनले सरस्वती माध्यमिक विद्यालयका अतिविपन्न छात्रछात्रालाई ३२ जोर स्कुल पोशाक वितरण गरेकी हुन्।

शिक्षालाई सधैं पहिलो प्राथमिकता दिएको उनले बताइन्। राजनीति र समाज सेवामा सक्रिय मीरा बस्‍नेतको अल्पायुमै निधन भएको थियो। आमाबाट प्रभावित भएर आफूले पनि समाजसेवा गर्न पाउँदा खुसी लागेको सुशीलाले बताइन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here