सर्लाही : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले नारायणी अस्पतालमा छापा मारेको छ।

आइतबार आयोगका उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा ५ सदस्यीय छानविन टोलीले वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा मारेको क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी दिए।

प्रमुख शर्माका अनुसार विभिन्न सञ्चार माध्यममा नारायणी अस्पतालको फार्मेसीले १ करोड २३ लाख अनियमितता भएको भन्ने समाचार प्रकाशित भएपछि सो को सम्बन्धमा छानबिन गर्न छापा मारेको हो।

यस सम्बन्धमा थप जानकारी आइसकेको छैन। अस्पताल स्रोतका अनुसार अख्तियारले छापा हानेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here