सर्लाही: जिल्लामा सशस्त्र प्रहरीले सोमबार साँझ सरकारी नम्वर प्लेटको मोटरसाइकलमा लागूऔषध लिएर हिँडिरहेका एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका-३, निवासी २६ वर्षीय जयकिशोर सिंहलाई ना. १ ब. २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। सिंहको साथबाट लागूऔषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए।

लागूऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन्। मनुष्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएका टोलीले बरहथवा नगरपालिका-८, टाँडीबाट पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here