सर्लाही : लखन्देही खोलाको कटानले हरिपुर नगरपालिका-९ पिडारी ढापटोलका खेतीयोग्य जमिन जोखिममा परेको छ। तत्कालै कटान नरोके सयौं बिघा खेतीयोग्य बगरमा परिणत हुने स्थानीय नागेन्द्र साहले बताए।

कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको नगरप्रमुख जमिरुदिन मन्सुरले बताए। लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पुर्‍याइरहेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पिडारीको ढापटोलमा तत्काल कटान रोक्न जनताको तटबन्ध कार्यालयलाई निर्देशन दिइएको बताए। उनले लखन्देही खोलाले ठाउँ-ठाउँमा कटान गरिरहेको र जनताको तटबन्ध कार्यालय मात्रैले कटान रोक्न नसक्ने भएकाले स्थानीय तहहरुले पनि तटबन्ध निर्माणमा सहयोग गर्नुपर्ने बताए।

यस्तै, लखन्देहीको बाढीले लालबन्दी नगरपालिका-११ पत्थरकोट बाहुनी खोलाले ड्याममा क्षति गरिरहेको स्थानीय कृष्ण मगरले बताए। तत्काल कटान रोक्ने प्रयास भए थोरै काम गर्दा नै हुने तर कटान बढ्दै गए क्षति पनि बढ्ने उनको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here