सर्लाही : प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराज पदमुक्त भएका छन्।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक बिज्ञप्ति जारी गर्दै सरकारको सिफारिस अनुरुप झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो। प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here