सर्लाही : सप्तरीमा करेन्ट लागेर एक युवकको सोमबार (हिजो) मृत्यु गएको छ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका-१० बदगमा बस्ने अन्दाजि २५ वर्षीय बैजु यादवको करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय केशरी पासवानको घरमा काम गर्न गएको बेला फलामको रड काट्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर सिकिस्त भएका यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here