सर्लाही : धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह भदुवारमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका-३ रिजालथोककी अन्दाजी ३५ वर्षीया सुशीला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा.१६ प. ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा. ५ ख. १२५० नम्बरको बसले ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भण्डारीले बताए। दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्याइएको थियो।

अस्पताल पुगेको केहिवेरमै उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ। बस,  मोटरसाइकल र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here