सर्लाही : बर्दियाको राजापुर नगरपालिका-१० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय राजापुरका डि.एस.पि. मिन बहादुर घलेले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको बाघ जस्तो देखिने जंगली जनावरले आक्रमण गरि बालिकालाई घाईते बनाएको थियो।

घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बिहीवार बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ। बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here