एजेन्सी : तालिबानले अफगानिस्तान कब्जा गरेपछि धेरै महिलाहरूका लागि चिन्ताको विषय बनेको छ। उनीहरू माथि बलात्कार गर्ने र श्रीमती बनाउन तालिबानले अपहरण गरिरहेको बताइएको छ।

काबुलमा भेटिएकी एक महिलाले (परिचय लुकाएर)  बिबिसीसँग पछिल्लो समय आफूले भोगेको घटनाबारे फेहरिस्त सुनाएकी छिन्। उनले अफगानिस्तान सरकारको लागी लगभग दुई वर्ष काम गरिन्। अघिल्लो हप्तामात्र उनी कामबाट मुक्त भएकी छिन्। 

ति महिलाले गत आइतबार आफ्नो जीवनको सबैभन्दा पीडादायी दिन रहेको  उल्लेख गरिन। उनले सुनाइन्, ‘बिहान म मेरो अफिस गएँ। त्यहाँ मैले एक मात्र महिला देखेँ। उनी ढोकामा तैनाथ सुरक्षा गार्ड थिइन्। त्यहाँ धेरै थोरै मानिसहरु थिए, यो एक सामान्य स्थिति थिएन। तालिवान काबुल शहरको प्रवेशद्वारमा आइपुगेका थिए। मानिसहरु यसबाट डराएका थिए।  मलाई  के विश्वास थियो भने तालिबानहरू शहर भित्र पस्न सक्ने छैनन्।’

तर, उनको विश्वास तब टुट्यो, जब तालिबान शहरका विभिन्न भूभागमा देखिए। त्यो दिन उनले अफिस छोडिन्। ‘मैले मेरो मोबाइल फोन चार्जर र केहि व्यक्तिगत कागजात लिएको थिएँ। म केहि पैसा निकाल्न बैंक गएँ। त्यहाँ पनि पैसा निकाल्न खोज्नेको भीड थियो’, उनले सुनाइन्, ‘त्यहाँ रहेका सबै व्यक्ति एकदमै तनावमा थिए। अनुहारमा डर थियो।’

उनी बैंकमा पैसा लिने लाइनमा थिइन्। उनको आमा, बहिनी र भाइले लगातार फोन गरिरहे। उनकी आमाले उनलाई सुनाइन्, ‘छिटो घर आउनु, तालिबान शहर को पश्चिमी भाग मा प्रवेश गरिसकेको छ।’

‘त्यसपछि म खुबै डराए’, उनले भनिन्, ‘सडकमा सबैजना दौडिरहेका थिए। पसलहरु ढोका बन्द गर्दै थिए। सबैजना घर जान खोज्दै थिए। सवारी साधन सडकहरू अवरुद्ध थिए।’

उनले घर जान ट्याक्सी खोजिन्। ‘मलाई डर थियो कि यदि तालिबानले मलाई बाटोमा देखे भने मलाई मार्नेछन् किनभने म मेरो कार्यालयको लुगामा थिएँ’, उनले भनिन्।

लगभग दुई घण्टा पछि उनी घर पुगिन्। ‘यो एक दिन थियो कि म कहिल्यै बिर्सन सक्दिन। मैले पूरै रात डरमा बिताए। मलाई लागेको छ कि कुनै पनी समय कोहि हाम्रो ढोकामा ढकढक गर्न सक्छ’, उनले आफ्नो डर सुनाइन्।

उनका आफन्त लुक्न र देश छोड्न खोजिरहेका छन्। तर, शहरमा गोलीका आवाज निरन्तर सुनिएका छन्।  जसले गर्दा कसैले पनि घर छोड्ने हिम्मत गर्न सकिरहेका छैनन्।

यदि तालिबानले उनी सरकारको लागि काम गरेको थाहा पायो भने उनलाई मार्ने छ। तर, तालिबानले आफ्ना लडाकु घरमा प्रवेश नगर्ने बताएको छ।  ‘हामी उनीहरुलाई भरोसा गर्न सक्दैनौं। जब म उनीहरूलाई टिभी मा देख्छु, म डराउँछु’, उनले भनिन्,’हामीले उनीहरुको क्रुरता देखेका छौं।  हामी कसरी उनीहरुलाई भरोसा गर्न सक्छौं? अब म डरको कारण राति सुत्न पनि सकिरहेको छैन।’

उनी पनि देश छोडेर भाग्न चाहन्छिन्। उनी भन्छन्, ‘म भिसाको प्रतिक्षामा छु। यदि अफगानिस्तानमा बसे भने मेरो जिन्दगी अन्धकार हुनेछ। यहाँ भविष्य सुरक्षित छैन। मैले अब भविष्यको लागि मेरो सबै आशा गुमाइसकेको छु।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here