सर्लाही : कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन्।

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो। प्रहरीले ताला खोलेपछि झडप भएको बताईएको छ।

स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए। अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here