सर्लाही : नेपाली दिदीबहिनीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ।

यसै क्रममा चर्चित गायक रकेश ओली र गायिका मुना खरेलको आवाजमा रहेको तीज विशेष गीत “नाचौला छमछमी” नामक गीत आज (शुक्रवार )सार्बजनिक भएको छ।

गीतमा मेष बस्नेतको शब्द र रकेश ओलीको एरेन्ज तथा संगीत रहेको छ। गीत संगीतको क्षेत्रमा गायकद्वय रकेश ओली र मुना खरेलको यो पहिलो तीज गीत हो । पछिल्लो समय तीज गीतहरुमा छाडापन बढिरहेको र नेपाली मौलिकता हराइरहेको गायक ओलीले बताए।तीजको गीत सुन्दा र हेर्दा लाज मान्नुपर्ने अहिलेको अवस्थामा संस्कृति सभ्यता जोगाउने हेतुले पहिलो तीज विशेष गीतमा आवाज दिएको उनी भन्छन।

“तीज पर्व भन्ने वित्तिकै हाम्रा दिदीबहिनीको महान पर्व, पवित्र पर्व भन्ने बुझ्छौ। त्यसैले करिब २ बर्ष अघिदेखि नै तीज गीत गाउँने सोच बनाइरहेका थिए। त्यस्तै लोक सांस्कृतिक जोगाउने,नेपाली मौलिक पन झल्किएको एकदमै हृदयस्पर्शी शब्द मेष बस्नेत ज्यूले चयन गर्नुभएको देखेपछि मन छोइहल्यो त्यसैले पहिलो चोटि तीज गीत गाएको हुँ”, गायक ओलीले भने।

निकै मेहनतका साथ गीत तयार पारेको भन्दै नयाँ मौलिक तीज गीत ” नाचौला छमछमी” ले दर्शक,श्रोताको माया पाउने गायक ओलीको विश्वास छ। एक्सन मिडिया प्रा. लिबाट शुक्रवार गीत सार्बजनिक गरिएको हो।

शेर बहादुर डि.सिको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सोम लामा,दिनेश थापा,स्वोर्णिम खड्का,प्रकृती खड्काको अभिनय रहेको छ भने गीतको छायांकन तथा सम्पादन सुशिल डाँगीले गरेका छ्न।

ओलिले यस अघि थुप्रै नेपाली आधुनिक गीत गाइसकेका छ्न।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here