सर्लाहीको लालबन्दी बजारमा मास्क लगाएर हिँड्ने बढ्न थालेका भन्दै प्रहरीले मास्क नलगाउनेमाथि सचेत गराउन थालेको छ।

बढ्दो कोरोना संक्रमणबाट बचाउन लालबन्दी प्रहरीले केही दिनदेखि ‘तपाईको मास्क खोइ’ अभियान सञ्चालन गरिरहेको छ। प्रहरीको यो अभियानपछि अहिले बजार क्षेत्रमा अधिकांशले मास्क लगाएर मात्रै हिँड्न थालेका हुन् ।

अभियानअन्तर्गत बजारमा विभिन्न ठाउँबाट आउनेहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराउने गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले बताए।

प्रहरीले मात्रै सबै ठाउँमा पुगेर मास्क लगाउनुस् भन्न नभ्याउने भएकाले अहिलेको बढ्दो महामारीलाई ख्याल गर्दै आफ्नो जिउज्यानको सुरक्षाको निम्ती पनि मास्क लगाएर मात्रै हिँड्न र अनावश्यक भीडभाड नगर्न प्रहरी निरीक्षक थापाले आग्रह गरेका छन्।

लालबन्दी झैँ जिल्लाका अन्य प्रहरी युनिटहरुले पनि ‘तपाईंको मास्क खोई’ लेखिएको प्ले कार्ड बोकेर सर्वसाधारण, यात्रु, सवारीका चालक लगायतलाई सम्झाइबुझाई गरेर मास्क लगाउन भनिरहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here