सर्लाही : कोरोना संक्रमणका कारण वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। थापाको शनिबार बिहान निधन भएको हो।

पारिवारीक स्रोतका अनुसार शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो। कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो।

थापाले टेलिफिल्म हल्का रमाइलो ,गोलमाल,भद्रगोल, महसञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here