सर्लाही : प्रहरीले कुटवा पेस्तोल र गोलीसहित एक जनालाई शनिबार पक्राउ गरेका छ।

सर्लाहीको मंलगवा नगरपालिका-११ ठुलो पल्सीबाट सोही ठाउँका ३० वर्षीय समसुद्दिन अंसारीलाई कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दुई दाजुभाई बीच झै-झगडा भईरहेको खबर प्रहरीले पाउनासाथ झै-झगडा छुटाउन गएको प्रहरीको टोलीले दुबै जनालाई सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिन अंसारीको कम्मरमा छोइएपछि कटुवा पेस्तोल फेला फरेको थियो।

समसुद्दिन अंसारी र फुल गनी अंसारी दाजुभाई हुन्। पक्राउ परेका अंसारीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here