सर्लाही : महोत्तरीको बर्दिबासमा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

आफ्नै पसलमा वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर बर्दिबास नगरपालिका-१३ बिजलपुरका २८ वर्षीय दीपक महतोका मृत्यु भएको हो। 

महतो बर्दिबास नगरपालिका १३ स्थित पर्ने डाँडाटोल बजारमा आफ्नै पसलमा ट्याक्टरको टेल्लरलाई वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट प्रभाव भई उनी घाइते भएका थिए।

करेन्ट लागेका उनलाईउपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचार क्रममा उनको त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

उनको पोस्टमार्टम गरी शव परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here